मेलम्ची उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने-लड्डु यतिखेर खाने हो

everest kitchen

काठमाडौं । आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको छ।

मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो। आयोजनाको मुहानबाट सुरूङमार्ग साढे २६ किलोमिटर लामो छ।

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्प कमल दाहाल “प्रचण्ड” र माधव कुमार नेपाललाई व्यङ्ग्य गर्दै लड्डु यो बेला खाने हो, अब खानुहोस घरमा लड्डु भनेका छन् । प्रधानमन्त्री ओलीले संसद पुनःस्थापना भएको दिन प्रचण्ड-माधवले एक आपसमा लड्डु खुवाउदै गरेको सन्दर्भलाई व्यङ्ग्य गरेका हुन ।