प्रचण्ड-माधव पक्षको स्थायी कमिटीको बैठक दिउँसो ३ बजे बस्दै

everest kitchen

 

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड-माधव नेपाल पक्षको स्थायी कमिटीको बैठक बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठकको समय सरेर ३ बजे बस्ने भएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठकन अनुसार, ‘सर्वोच्च अदालतको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बारेमा गरेको फैसलाको समग्र पक्ष र हाम्रो नीतिका सम्बन्धमा पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटीको बैठकबाट निर्णय लिने बताए ।’

सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता नै खारेज गरी एकीकरण अघिका एमाले र माओवादी केन्द्रलाई ब्यूँताउने आदेश दिएको छ ।