तलब नपाएको भन्दै कर्णाली प्रदेश अस्पतालमा कार्यरत करार स्वास्थ्यकर्मीहरु आन्दोलित

everest kitchen

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा कार्यरत विशेषज्ञ सेवा अन्तर्गतका ५८ जना करार स्वास्थ्यकर्मीहरुले दुई महिनादेखि तलब नपाएको भन्दै करार स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।

आन्दोलित स्वास्थ्यकर्मीहरुले अस्पतालका निर्देशक डा. डम्बर खड्का, मुख्यमन्त्रीको कार्यालय, सामाजिक विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै फागुन मसान्तभित्र तलब भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

साथै, फागुन मसान्तभित्र आफ्ना माग सुनुवाइ नभए चैत १ गतेदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्ने उनीहरुले चेतावनी दिएका छन् ।