जसपा नेता ठाकुरको ओलीसँग सत्ता साझेदारी गर्न सुटुक्क कार्यदल

everest kitchen

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टीका शीर्ष नेताहरुलाई जानकारी नदिई नेकपा एमालेसँग सत्ता साझेदारीबारे गृहकार्य गर्न कार्यदल गठन गरेका छन् ।

ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सत्ता साझेदारीबारे गृहकार्य गर्न दुबै दलले कार्यदल गठन गर्ने सहमति भएको पाइएको बताएको छ । यद्यपि जसपा सांसद लक्ष्मणलाल कर्णले रेशम चौधरीका मुद्दा फिर्ता लिनेलगायत विषयमा छलफल गर्न कार्यदल बनेको दाबी गरेका छन् ।

ठाकुरको यो कदम पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईका लागि सरप्राइज भएको छ । उनीहरु ओलीसँग सहकार्य गर्ने पक्षमा थिएनन् ।