एमालेको सरकार छ, यसैलाई जोगाउनतिर लाग्छौं : खनाल

everest kitchen

 

काठमाडौं । सत्तारूढ नेकपा एमालेका नेता झलनाथ खनालले आफूहरू अब यही एमाले नेतृत्वको सरकार जोगाउने प्रयासमा लाग्ने बताएका छन्।

नेकपा रहदासम्म प्रचण्ड-माधव समुहमा लागेका र हाल सर्वोच्चको फ‌ैसला संगै एमालेमा फर्किएका खनालले बुधबार संसद बैठकबाट बाहिरिँदै खनालले भने,‘अहिले नेकपा एमालेको सरकार छ, यसैलाई जोगाउनतिर लाग्छौं।’

प्रतिनिधिसभाको बैठक गत असारयता निधन भएका सांसदहरुप्रति शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।सभामुख अग्नि प्रसाद सापकोटाले आगामी चैत ३ गते दिउँसो १ बजेसम्मका लागि संसद बैठक स्थगित गरेका हुन् ।