माओवादी केन्द्र र जसपा नेताहरूबीच छलफल

everest kitchen

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड ” र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरका साथै वरिष्ठ नेता राजेन्द्र महतोबीच भेटवार्ता भएको छ ।

बुधबार र मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रतिपक्षी दल जसपासँग वार्ता गर्ने निर्णय गरेसंगै माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जसपा नेताहरुसंग छलफल चलिरहेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

दाहालले मंगलबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका थिए । काङ्ग्रेस, माओवादी केन्द्र र जसपा बीच पछिल्लो समय समिकरण बारे छलफल चलिरहेको छ ।