केपी ओलीको एकलौटी गतिविधिविरुद्ध माधव–झलनाथले वक्तव्य जारी गर्ने

everest kitchen

 

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालले अध्यक्ष खड्गप्रसाद ओलीको एकलौटी गतिविधिविरुद्ध वक्तव्य जारी गर्ने भएका छन् ।

आज उनीहरुको निकट स्थायी कमिटि बैठकले ओली गतिविधि पार्टीको आन्तरिक एकताविपरीत भएको भन्दै वक्तव्य जारी गर्ने भएका हुन् ।

सर्वोच्च अदालतको फैसलाका कारण पूर्ववत पार्टीमा फर्किएका माधव पक्षलाई ओली पक्षले तथानाम गाली गरिरहेका छन् । ओलीको गतिविधिप्रति माधव पक्ष असन्तुष्ट छन् ।

एकजना स्थायी कमिटि सदस्य भन्छन्, ‘हामी त अदालतको फैसलाले एक ठाउँमा भएका हौँ, यो पार्टी हाम्रो पनि हो, एकलौटी र मनपरी चल्दैन ।’