मलेसियाबाट अध्यक्ष केदार राईको विदाई

everest kitchen

हिमाल टाइम्स
मलेसिया । किराँत राईयायोक्खा मलेसिया पेनाङ शाखाले आफ्ना अध्यक्ष केदार राईलाई विदाई गरेको छ ।

मलेसियाको करार अबधि पुरा गरि नेपाल फर्कन लागेका अध्यक्ष राईलाई किराँत राई यायोक्खा मलेसियाका केन्द्रीय सचिब केवल कुलुङको उपस्थितिमा एक बिदाई कर्यक्रम मार्फत समितिले आज बिहिवार  विदाई गरेको हो ।

कार्यक्रममा बोल्दै राईले आफ्नो कार्यकालमा सबैले सहयोग र साथ दिएकोमा खुसि ब्यक्त गर्दै धन्यबाद ज्ञपन गरेको थियो । साथै नेपालमा गएर पनि संस्थाको केन्द्र संलग्न भै कार्य गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

अध्यक्ष राईको कार्यकालमा संगठनले धेरै उल्लेखनीय कार्य तथा संगठन प्रति योगदान पुय्राएकोले कार्यक्रममा केन्द्रीय सचिव केवल कुलुङले कदर पत्र प्रदान गरि सम्मान गरेको थियो ।पदाधिकारीहरुले शुभकामना तथा आगामी कदमहरूको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।