अध्यक्ष प्रचण्ड आज बुटवलमा

everest kitchen

रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बुटवल पुगेका छन् । माओवादी ब्युतिएपछि प्रचण्ड पहिलोपटक उपत्यका बाहिर निस्किएका हुन ।

आजदेखि शुरु हुने राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम महाधिवेशन उद्घाटन गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुटवल पुगेका छन् । त्यहाँ उनले पत्रकारको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

आजदेखि तीन दिनसम्म चल्ने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संघले जनाएको छ । भेलामा सहभागी हुन बुटवलमा देशभरका ४ सय प्रतिनिधि पत्रकार भेला भइसकेका छन् ।