प्रधानमन्त्रीलाई छिटो भन्दा छिटो घर पठाउनुपर्छ : गगन थापा

everest kitchen

काठमाडौँ ।नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीलाई छिटो भन्दा छिटो बालुवाटारबाट घर पठाउनुपर्ने बताएका छन् ।

शुक्रवार नेपाल शिक्षक सङ्घ वाग्मती प्रदेश कार्यसमितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संविधान र व्यवस्थामा भ्वाङ पार्ने काम गरेको उहाले आरोप लगाए ।उनले जनताबाट आफुहरुलाई प्रतिपक्षीमा बस्ने म्यान्डेड प्राप्त भएको भन्दै देशलाई चुनावमा लिएर जाने र त्यो चुनावबाट नयाँ म्याण्डेड प्राप्त गर्नेमा कांग्रेसको ध्यान केन्द्रीत हुनुपर्ने धारणा राखे ।