चितवनको राप्तीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

everest kitchen

सविन कुमार लोप्चन हेटौंडा  । चितवनमा एक बेवारिसे अवस्थामा एक जना मृत फेला परेका छन् । पूर्वी चितवनको राप्ती नगरपालिका ५ स्थित भण्डारा चोकको प्रतिक्षालयमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको हो ।

शुक्रबार साँझको करिब ५:४५ बजेतिर स्थानीय एक प्रतिक्षालयमा एक व्यक्ति अचेत अवस्थामा सुतिरहेको जस्तो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बेवारिस अवस्थामा सुतिरहेका ती पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शवबाट पहिचान खुल्ने केही कागजात नभेटिएको र यस बारे थप जाँचबुझ गरिरहेको ईलाका प्रहरी कार्यालय भण्डाराले बताएको छ।