ओलीको एकलौटीपछि खनाल-नेपाल समूहद्वारा समानान्तर कमिटी गठन

everest kitchen

काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र माधवकुमार नेपाल समूहलाई पूर्णतः निषेध गरेर अघि बढ्ने तयारी गरेपछि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय केन्द्रीय कमिटिको बैठकले समानान्तर कमिटि विस्तार गरेको छ।

विस्तारित कमिटिअनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, बागमति प्रदेशको जिम्मा अष्टलक्ष्मी शाक्यलाई, गण्डकीको जिम्मा सुरेन्द्र पाण्डेलाई, लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञवालीलाई र सुदूरपश्चिमको जिम्मामा भीम रावल रहेका छन् ।

त्यस्तै, युवा विभागको प्रमुखमा रघुजी पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ।

ओली पक्षको निर्णयअनुसार संगठन विभाग प्रमुखको जिम्मेवारी उपमहासचिवसमेत रहेका विष्णु पौडेल, विदेश विभाग प्रमुख डा. राजन, निर्वाचन विभाग प्रमुख विष्णु रिमाल, आर्थिक विभागमा छविलाल टोपबहादुर रायमाझीलाई जनवर्गीय संगठनहरूको इन्चार्ज तोकिएको छ ।

त्यसैगरी प्रदेश १ को इन्चार्जमा सुवास नेम्बाङ तोकिएका छन् । यसअघि सो पदमा नेपाल पक्षका भीम आचार्य थिए ।

प्रदेश २ मा सत्यनारायण मण्डल र वाग्मती प्रदेशमा रामबहादुर थापालाई इन्चार्ज तोकिएको छ । यसअघि वाग्मती प्रदेशको इन्चार्ज नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्य थिइन् । कर्णाली प्रदेश इन्चार्ज यमलाल कँडेल र सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टलाई बनाइएको छ ।