थप ६० जनामा कोरोना संक्रमण पुष्टि

everest kitchen

 

काठमाडौँ । नेपालमा शनिबार थप ६० जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार १७८ पुुगेको छ ।

त्यस्तै थप दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार १४ जनाले कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ७२ जना कोरानोमुक्त हुँदा नेपालमा दुई लाख ७१ हजार २४९ जना संक्रमित निको भएको छन् । हाल ९१५ जना आइशोलेशनमा र ४९ जना क्वारैन्टाइनमा छन् । हालसम्म नेपालमा २२ लाख १२ हजार ७९६ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।