कानु पत्रकार संघ बाराको सपथ ग्रहण

everest kitchen

बारा । महागढीमाई नगर उपप्रमुख तारा देबि कानुले निश्पक्ष पत्रकारिताले समाज परिवर्तन हुने बताएकी छन । कानु पत्रकार संघ बाराको सपथ ग्रहण कार्यक्रमलाई शनिबार प्रमुख अतिथिको आसन बाट उदघाटन गर्दै पत्रकार सबै जातजातिको भएकोले पिछिडिएको समाजको सहि दिशा निर्देशमा पत्रकार जगतको भुमिका ठूलो रहेको बताईन ।

कानु पत्रकार संघ बाराको गठन भएपछि कानु समाजको उत्थानमा पत्रकार जगतले सहयोग गर्ने आग्रह गरिन । बाराको कलैया स्थित होटेल करण राज पैलेसमा आयोजित कानु पत्रकार संघ बाराको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेध न २ को बिधायक एव जनता आवास कार्यक्रम रौतहटको संयोजक बाबुलाल साह कानुले पिछडिएका कानु जातिको उत्थानमा पत्रकारले कलम चलाउन आग्रह गरे ।

उनले कानु पत्रकार संघ बाराको गठन भएकोमा आफू धेरै खुशी भएको साथै कार्यलय संचालनको लागि चाहिने आवश्यक सामग्रीहरु आफुले सहयोग गर्ने प्रतिबद्धता जाहेर समेत गरे । कानु कान्दु ,हलौवाई सबैलाई गोलबध गरि एकजुट बनाउनु पर्नेमा उनको जोड थियो ।

त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै बाराको प्रमुख जिला अधिकारी सुरेन्द्र पौडेलले पत्रकारिता क्षेत्रको बिकासले समाजले नयाँ जनशक्ति र समाज सुधार हुने बताए ।

कानु पत्रकार संघ बाराको अध्यक्ष अजय साहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश न २ को सचिव गुरुप्रसाद गौतम , वरिष्ठ पत्रकार गोकुल घोरसाईने , पुर्व उपाध्यक्ष राकेश पान्डे , रेशम तिवारी , कानु समाज बाराको अध्यक्ष ओमप्रकाश साह कानु , उपाध्यक्ष हरिनारायण साह , रबिन्द्र साह , भूषण गुप्ता , नागरिक समाज बाराको अध्यक्ष उमेशलाल दास ,उधोग बाणिज्य संघ बाराको महासचिव राम असिस साह कानु लगायतले मन्तव्य राखेका थिए ।

साथै, कार्यक्रमको अवसरमा कानु पत्रकार संघ बारामा आवद्ध सम्पुर्ण पदाधिकारीहरुलाई प्रमुख अतिथी तारा देबि कानुले सपथ ग्रहण गराएकी थिईन ।

त्यसैगरी कानु पत्रकार संघ बाराको अध्यक्ष अजय साहले प्रमुख अतिथि तारा देबि कानुलाई गणिनाथ महराज अंकित मायाको चिनो प्रदान गरेका थिए । कानु पत्रकार संघ बाराको सपथ ग्रहण कार्यक्रममा बारा , पर्सा , रौतहटका स्वजातिय ब्याक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन कानु पत्रकार संघ बाराको उपाध्यक्ष नरेश गुप्ता स्वागत मन्तव्य संघको सचिव श्री कान्त गुप्ताले गरेका थिए ।