नेपालमा हालसम्म २ लाख ७५ हजारबढी संक्रमित हुदा २ लाख ७१ हजारबढी निको भए

everest kitchen

काठमाडौं । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना पुष्टि भएको छ ।

नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ७५ हजार २३१ पुगेको छ। नेपालमा गएको २४ घण्टमा ७७ जना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या २ लाख ७१ हजार ३२६ जना पुगेका छन । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ८९१ जना रहेका छन ।

हालसम्म नेपालमा ३ हजार १४ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।