अव मुलुकमा अस्थीरताको युग सुरु : महासचिव बैद्य

everest kitchen

 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले बिप्लवको राजनीतिक एजेण्डा स्पष्ट नभएको बताएका छन ।

नेकपा क्रान्तिकारी माओवादी सम्वद्ध जबस मोर्चाले आइतबार काठमाडौंमा आयोजना गरेको बिरोध सभा बैद्यले बिप्लव समूहलाई शान्तिपूर्ण राजनीतिक धारमा ल्याउनु सकारात्मक भएपनि राजनीतिक एजेण्डाबारे स्पष्ट पार्नुपर्ने बताए ।

उनले राजनीतिक खेलका लागि जनताको रगत र बलिदानी संग खेल्न नहुने तर्क गरे । दलहरु सत्ताका लागि एक अर्कालाई सिध्याउने खेलमा लागेकाले यसले मुलुकलाई हित नगर्ने उनको भनाई छ । उनले अव मुलुकमा अस्थीरताको युग सुरु भएको टिप्पणी पनि गरे ।

प्रतिक्रियाबादी संसदीय व्यवस्था खारेज गर्नुपर्ने, संघीय जनगणतन्त्र स्थापना गर्नका लागि भन्दै क्रान्तिकारी माओवादी सम्वद्ध जबस मोर्चाले विरोध सभा गरेको हो । उज्यालो नेटवर्क