नौसय बिग्हा युवा समूहद्वारा अपाङ्ग तथा दृष्टिबिहिन परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग

everest kitchen

सुरेन्द्र महतो

धनुषा । “सेवा र सहयोग नै मानव धर्म हाे “मुल मान्यता राख्दै “नौसय बिग्हा समाज सहयोगी युवा समूह”ले पुनः एक विपन्न परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ ।

संस्थाले आइतबार धनुषा जिल्लाको सबैला नगरपालिका-३ सबैलाको चमरटोली बस्तिमा शारीरिक रूपले अपांग भोली महारा र दृष्टिबिहिन जयकाला महारा दम्पतीलाई नगद दश हजारसहित खाद्यान्न तथा कपडा सहयोग गरेको हो ।

संस्थाले एक कार्यक्रमका बीच चामल- १ क्विंटल, दाल- १० किलो, स्वाइबिन- ५ किलो, नून- १० किलो, प्याज- ६ किलो, खाने तेल ६ किलो, साबुन नुहाउने- १ दर्जन, साबुन लुगाधूने- १ दर्जन, बाल्टिन- १ पीस, सरफ- ५किलो, शर्ट पैंट-१/१ पीस, साड़ी- २ थान, बच्चालाई स्कूल ड्रेस- ४ पीस र कॉपी कलम – २ दर्जन , स्कूल ब्याग- २ पीस लगायतको आर्थिक तथा भौतिक सहयोग गरेको संस्थाको संयोजक बिजय कुमार मण्डलले बताए ।

स्वदेश तथा विदेशमा रहेका युवाहरूले संस्थापना गरेको उक्त समुहले आगामी दिनमा पनि यस्तो किसिमको समाज सेवा निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै सहयोगी कार्यक्रममा हातेमालो गर्ने सम्पुर्णमा संस्थाले धन्यवाद दिएको छ ।