प्रदेश सांसद विष्ट माओवादीमै फर्किए

everest kitchen

सुर्खेत । नेकपा एमालेको केन्द्रीय सदस्य बनेका कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्ट माओवादी केन्द्रमै फर्किएका छन् । दुई दिनअघि मात्रै नेकपा एमालेको केन्द्रीय सदस्य भएका सांसद विष्ट पुनः माओवादी केन्द्रमै फर्किएका हुन् ।

आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वार्तापछि सांसद विष्ट पार्टीमा फर्किएको माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन् ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेका थिए । विष्ट २०७४ सालको निर्वाचनमा माओवादीका तर्फबाट कर्णाली प्रदेशसभामा सुर्खेतबाट निर्वाचित भएका थिए ।