ओली र नेपाल पक्षका नेताहरूबीच बैठक जारी

everest kitchen

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका नेताहरूबीच पार्टी कार्यालय धुम्बाराही बैठक जारी छ ।

बैठकमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, बिष्णु पौडेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ सहभागी छन्। नेता नेपाल समूहबाट उनीसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट सहभागी छन्।

पुनःस्थापित एमालेभित्र विवाद बढेपछि दुबै पक्षका केही नेताहरूले प्रधानमन्त्री ओली र नेपालबीच संवाद गराउन प्रयत्न स्वरूप आज बैठक गरिएको एक नेताले बताए । उनका अनुसार विवाद र समसामयिक राजनीतिक अवस्था बारे छलफल चल्ने छ ।

एमाले र माओवादी केन्द्रलाई सर्वोच्चले ब्युँत्याएपछि राजनीतिले नयाँ मोड लिएको छ । सर्वोच्चको फैसलापछि नेपाल समुह प्रचण्डलाई छाडेर ओली नेतृत्वको एमालेमा आएपनि एमाले अध्यक्ष ओलीले एकलौटी जिम्मेवारी बाँडफाँड गरेपछि दुई समुह बीच विवाद झन बढेको छ।