राक्सिराङको विकट गाउँमा बन्यो सुविधासम्पन्न प्रहरी चौकी भवन

everest kitchen

हेटौंडा । मकवानपुरकै विकट मानिने राक्सिराङ गाउपालिकाको वडा नं ९ मा सुविधासम्पन्न पक्की प्रहरी चौकी निर्माण भएको छ ।

राक्सिराङ ९ मा निर्माण सम्पन्न गरिएको प्रहरी चौकि कान्द्राङको भवनको सोमबार एक कार्यक्रमका बीच बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय का सचिव मदन भुजेलले उदघाटन गरेका छन् । कार्यक्रममा उनले प्रहरीको पहुँच कम भएका विकट क्षेत्रमा पनि अबका दिनमा शान्ति सुरक्षा र सुशासन कायम राख्न सकिने बताए । साथै उनले गाउमा रहने प्रहरीलाई सहयोय गर्न स्थानीय लाई आग्रह गरे ।

त्यस्तै, राक्सिराङ गाउपालिकाका अध्यक्ष राजकुमार मल्लले गाउपालिकाको विकट क्षेत्रमा पक्की चौकी निर्माण भएपछि जनतालाई सुरक्षाको अनुभूति भएको बताए । उनले चौकीमा आवश्यक जनशक्ति र स्रोत साधन समेत पर्याप्त उपलब्ध हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बागमती प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआइजी) बसन्त कुमार लामा, मकवानपुरको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, मकवानपुरका प्रहरि उपरिक्षक (एसपी) सोमेन्द्रसिह राठौर लगायतको सहभागिता रहेको थियो ।

बागमती प्रदेश सरकारले उपलब्ध गराएको १ करोड ८८ लाख ९२ हजार रुपैयाँ मा पक्की प्रहरी चौकी निर्माण गरिएको हो ।