हेल्प मधेसी मलेसियाको शाहआलम र मलका शाखाद्धारा विपन्न परिवारहरुलाई आर्थिक सहयोग

everest kitchen

सुरेन्द्र महतो

मलेसिया । हेल्प मधेसी मलेसियाले विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ । हेल्प मधेसी मलेसियाका शाखा “मलेका दलान” र “शाहआलम दलान”ले एकैदिन दुई पीडित परिवारलाई सहयोग गरेको हो ।

परिवारको आर्थिक अवस्था एकदमै कमजोर भएर समस्यामा रहेका धनुषा जिल्ला गणेशमान चारनाथ नगरपालिका -३ भरतपुरका रामभगत दासको परिवारलाई हेल्प मधेसी मलेसिया शाहआलम दलानले २७ हजार रुपैयाँ नगद सहयोग गरेको छ ।

त्यस्तै पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवनको ३८ वर्षीय अशोक रामको उपचारको लागि हेल्प मधेसी मलेसिया मलाका दलानले ३० हजार रुपैयाँ नगद सहयोग गरेको छ । घरमा कमाउने कोहि पनि नरहेको हुनाले औषधि उपचार तथा घर खर्चमा खर्चमा समस्या भएपछि सहयोग गरेको संस्थाले जनाएको छ ।

“सेबा नै धर्म हो” भन्ने मुलमन्त्र मान्दै , सामाजिक उदेश्यहरु प्रती काम गर्दै आइरहेको उक्त संस्थाले देश तथा बिदेशमा रहेका समस्यामा परेका, अशाय, विपन्न, बिरामीहरुलाई विभिन्न खाले आवश्यक सहयोग गर्दै आएको संस्थाले जनाएको छ ।