नेपाली काङ्ग्रेस जनसम्पर्क भारत हरियाणा राज्य शाखाको प्रथम अधिवेशन सम्पन्न

everest kitchen

समीर मल्ल

हरियाणा । मार्च १४ मा बझाङ नेपाली काङ्ग्रेस बझाङ-भारत जनसम्पर्क समिती हरियाणा राज्य समितिको प्रथम अधिवेशन तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गोबिन्द खातिको अध्यक्षतामा नयाँ समिति गठन गर्दै अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रमको अवसरमा विभिन्न कलाकारहरुले प्रस्तुति राखेका थिए भने विभिन्न राजनीतिज्ञहरुको उपस्थिति रहेको आयोजकमध्येका उमेश रावलले जानकारी दिए । उनका अनुसार कार्यक्रमको अवसरमा मृगौला पीडित धन बहादुर थापालाइ गणेश थापा र किशोर थापाको पहलमा २० हजार भारु रुपैया जम्मा गरेर आर्थिक सहयोग समेत गरिको थियो ।

कार्यक्रममा पुर्वपरराष्ट राज्यमन्त्री तथा निवर्तमान दक्षिण कोरियाका राजदुत अर्जुन जङ्ग बहादुर सिंह, नेपाली काङ्ग्रेस बझाङका युवा नेता तथा संघीय सांसद प्रकाश रसाइली, नेताहरु गणेश भन्डारी , राम खाती ,हेम खड्का, दिल बहादुर सिंह ,राजेन्द्र बिस्ट तथा तरुण दल बझाङका युवा नेता दुग्धेस्वर पाण्डे लगायतको उपस्थित रहेको थियो ।

साथै कार्यक्रमलाई राजु बानिया,भरत थापा,उमेश रावल,गोरख बानिया, गोबिन्द खाती, महेश कुवर, दिपेन्द्र कुवर,दिपेन्द्र किमाडी,मदन किमाडी,जशी थापा,करन कुवर , दिपेन्द्र रावल लगायतले व्यवस्थापन गरेका थिए भने दुग्धेस्वर पान्डेले सञ्चालन गरेको संगठन महासचिव मदन किमाडिले बताए ।