नेपाल-खनाल समुहको भेलामा सहभागी भए ओली समुहको कारबाहीको चेतावनी

everest kitchen

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) को माधवकुमार नेपाल र झलनाथ खनाल समुहले च‌ैत ४ र ५ गते आह्वान गरेको राष्ट्रिय भेलामा सहभागी नहुन प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली समुहले निर्देशन दिएको छ । नेता ईश्वर पोखरेलले एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका हुन ।

एमालेको नाममा यही २०७७ चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजन गर्ने भनी प्रचारित सूचनाप्रति हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण भएको छ । नेकपा ( एमाले ) का तर्फबाट त्यस्तो कुनै पनि भेला आयोजना गरिएको छैन । यस्तो अनाधिकृत गुटगत भेला नगर्न नगराउन , भेला आयोजनाको भ्रम नफैलाउन , र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा ( एमाले ) सबै नेता कार्यकर्ताहरुलाई विशेष निर्देशन गर्दछ, विज्ञप्तिमा भनिएको छ ।

साथै उक्त भेलामा सहभागी भए पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा पनि स्पष्ट गरिएको भन्दै, कारबाहीको चेतावनी समेत दिएको छ ।