घेदुङ मलेसियाको आर्थिक सहयोग

everest kitchen

भोजपुर जिल्ला आम्बोटे घर भई रोजगारीको सिलसिलामा मलेसियामा गाडी दुर्घटनामा परि असक्त भएका राजु तामाङलाई नेपाल तामाङ घेदुङ मलेसियाले आर्थिक सहयोग गरेको छ ।
मलेसियाको सुबाङ भन्ने स्थानबाट एक्कासी सम्पर्क बिहिन भएका तामाङलाई ४८ दिन पछि यूपीपीएम अस्पतालले नेपाल राजदुतावासलाई सम्पर्क गरेर तामाङको बिषयमा जानकारी गराएको थियो । उनलाई गाडीले ठक्कर दिएर घाइते बनाएको थियो ।
मलेसियामा अवैधानिक रुपमा बस्दै आएका तामाङलाई नेपाल नेपाल फर्कन कागजातको लागि नेपाल राजदुतावास मलेसिया, एनआरएन मलेसिया लगायतले सहयोग गरेका थिए ।
पीडित तामाङलाई भोजपुर सेवा समाज मलेसियाले पनि मलेसिया बसिन्ज्याल सहयोग गरेको थियो भने विशेषगरि खेमराज खत्रीले पीडितलाई उनको कोठामा राखेर विशेष हेरचाह पनि गरेका थिए ।
पीडितको बिषयमा नेपाल तामाङ घेदुङ मलेसियामा जानकारी आएपछि घेदुङले आरएम ८०० रिंगेट सहयोग गरेको थियो ।