एमालेको संसदीय दलको बैठक सुरु, नेपाल समूहका केहि सांसदहरु सहभागी

everest kitchen

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । ११ बजे बस्ने भनिएको बैठक भर्खरै मात्र सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा माधव नेपाल समूहका सांसदहरु लालबाबू पण्डित, तुलसी थापा, नन्दा चपाइ, गंगा चौधरी, माया ज्ञवाली, सबिना हुसियन, गोपाल बम र बिष्णु शर्मा सहभागी भएको बताएको छ।

नेकपा एमाले संसदीय दलको बैठकमा भाग लिन बालुवाटार हिँडेका माधव नेपाल पक्षका सांसदहरु बाटैबाट फर्किएका थिए । सो पक्षका सांसदहरु ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला भएर बालुवाटार हिँडेका थिए । तर, उनीहरु पुन हेरिटेज गार्डेनमै फर्किएका छन् ।