राहदानी नविकरण गर्ने बढेपछि दुतावास शुक्रबार पनि खुला रहने

everest kitchen

काठमाडौं । साउदी अरबियाको लागि नेपाली राजदुतावास रियादले राहदानी नविकरण शुक्रबार पनि सेवा दिने भएको छ । राहदानी नविकरण गर्ने बढेपछि दुतावासले चैत महिना भरी शुक्रबारको दिन पनि कार्यालय खुला राख्ने भएको हो ।

नेपाली राजदुतावास रियादले एक सुचना जारी गर्दै भनेको छ, “विगत केही हप्तादेखि राहदानी नविकरणका लागि राजदूतावासमा आउने सेवाग्राहीहरूको संख्या उल्लेख्यरुपमा बढ्दै गइरहेकोले राजदूतावासको कार्यचाप र सेवाग्राहीको सुविधालाई ध्यानमा राखी चैत्र महिनाका सबै शुक्रबार ( मार्च १९ , मार्च २६ , अप्रिल २ र अप्रिल ९ ) का दिन राहदानी नविकरण सेवाका लागि राजदतावास खुल्ला रहने व्यवस्था मिलाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

त्यस्तै, उक्त दिनहरूमा राजदूतावास बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म खुल्ला रहनेछ । साथै, राजदूतावासमा राहदानी बनाउन आउनेहरूले आफुसँग भएको राहदानीको सक्कल , सोको फोटोकपि ( एक प्रति ) र नागरिकताको फोटोकपि ( एक प्रति ) अनिवार्यरुपमा साथमा लिएर आउनुपर्नेछ ।