खुवालुङ ढुङ्गा मात्रै होईन , हाम्रो संस्कृति अनि आस्थाको केन्द्र हो : धिरज राई

everest kitchen

काठमाडौं । गायक तथा बुद्ध अभियान्ता धिरज राईले खुवालुङ ढुङ्गा मात्रै नभई किराँत संस्कृति अनि आस्थाको केन्द्र पनि भएको बताएका छन् । उनले भनेका छन् “खुवालुङ ढुङ्गा मात्रै होईन , हाम्रो संस्कृति अनि आस्थाको केन्द्र हो”।

कोशीमा मिसिने अरुण र तमोरको संगमस्थलमा रहेको खुवालुङ (नदिको बीचमा रहेको विशाल ढुङ्गा ) हो जसलाई किराँत संस्कृति र परम्परागत इतिहाससंग जोडिएको मानिदै आएको छ । किराँत समुदायका हरेक घर र चुल्होसँग जोडिएको खुवालुङलाई ढुंगाको रुपमा मात्र नहेरी पर्यटन क्षेत्रको रुपमा बिकास गर्नुपर्ने जोड किराँत समुदायहरुको रहेको छ ।

८ फागुनमा प्रधानमन्त्री ओलीले विराटनगरमा आयोजित सभामा खुवालुङ फुटाउने अभिव्यक्ति दिएका थिए । खुवालुङ फुटाउने प्रधानमन्त्रीको अभिव्यक्तिले सम्पूर्ण किराँत समुदाय आक्रोशित भएको छ । जस्को रक्षार्थ खुवालुङ संरक्षणका स्वारहरु सुनिने क्रममा गायक धिरज राईले पनि खुवालुङ बचाउनु पर्ने धारणा राखेका हुन ।

भगवान गौतम बुद्ध नेपालमा जन्मिएको प्रशस्त प्रमाण र सत्य आधार हुदाहुदै विश्वमा कतिपय स्थान र परीवेशमा बुद्ध जन्म स्थान बारे भ्रम रहेकोले उक्त भ्रम चिर्न र बुद्ध बारे विश्व अभियानमा रहेका गायक राई नेपालको बिबिधता युक्त हरेक संस्कृतिको पहिचान र संरक्षणको पक्षमा देखिन्छन् ।