गल्ती स्वीकारेर मार्गप्रशस्त गर्नुपर्दैन ? : नेता खाँड

everest kitchen

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले आफूले गरेको संसद विघटन अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ कि पर्दैन भनी प्रश्न उठाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसद विघटन बदर भएपछि त्यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ कि पर्दैन भनी सोधेका हुन् ।‘असंवैधानिक कदम हो भनेर न्यायपालिकाले निर्णय गरेपछि सरकारको निर्णय खारेज गरेपछि, विधिको शासन मान्छौं र संविधानको पालना गर्छौं भन्ने सरकारले नैतिक दायित्व लिनुपर्छ कि पर्दैन ?’ उनले सोधे ।

त्यस्तै उनले सरकारले अनाबश्याक ऋण लिएको भन्दै प्रस्न गरेका छन्। उनले भने यति धेरै ऋण कहिलै पनि नलिएको यहिलेको सरकारले अनावश्यक ऋण थपेको बताए।