एसिड आक्रमण विरुद्धको विधेयकमाथि कुनै पार्टीले बिरोध गरेको छैन: पम्फा भुसाल

everest kitchen

माओवादी केन्द्रकी नेतृ एवं सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएकी छिन् । उनले प्रधानमन्त्री ओलीले चालेको कदम सर्वोच्चले असंवैधानिक भएको फैसला गरेपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएकी हुन् ।

संसदमा बोल्दै उनले सरकारले संसदको कार्यव्यवस्था समितिमा कुनै एजेण्डा नदिने र ‘संसद चल्न सकेन, प्रभावकारी भएन भन्दै उल्टो बाटोमा गएर सभामुखलाई गाली गर्न पाइन्छ ?’ भन्दै प्रश्न समेत गरिन् ।

साथै , सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी विधेयक असंवैधानिक रहेकोले त्यसको विरोध गरेको तर एसिड आक्रमण विरुद्धको विधेयकमाथि कुनै पार्टीले पनि बिरोध नगरेको स्पष्ट पारिन् । उनले विचाराधीन विधेयकहरुलाई अघि बढाउन पनि आग्रह गरिन् ।