महोत्तरीको गौशालामा प्रथम महोत्सव सुरु

everest kitchen

सुरेन्द्र महतो

महोत्तरी । प्रदेश न.२ महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशालामा पहिलो पटक महोत्सव सुरु भएको छ । गौशाला उद्योग वाणिज्य संघ गौशाला महोत्तरीको आयोजनामा शुक्रवारदेखि सुरु भएको महोत्सवलाई संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विश्वकर्माले उद्घाटन गरेकी हुन ।

समग्र नगरपालिकालाई शैक्षिक ,आर्थिक र समाजिक रुपले बिकास गर्न साथै भोलि को दिनमा यस नगरपालिका लाई छुट्टै पहिचान बनाउन र हरेक दृष्टिकोणले सबल बनाउन को निमित्त नगरपालिका लाई समृद्धिका लागि गौशाला महोत्सव भन्ने मूल नाराकासाथ प्रथम गौशाला महोत्सव हिजो चैत्र ६ गते शुक्रबार सुरु गरिएको हो ।

औद्योगिक, व्यापार, परम्परागत संस्कृति, कृषि, पर्यटन प्रवर्द्धनका निमित्त महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सव चैत्र १७ गतेसम्म चल्ने गौशाला उद्योग वाणिज्य संघले जनाएको छ ।

गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साहको अध्यक्षतामा आयोजित महोत्सवको उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य शारदा देवी थापालगायतको उपस्थिती रहेको थियो ।