मलेसियामा महोत्तरीका बिजय पासवानको निधन

everest kitchen

सुरेन्द्र महतो

मलेसिया । मलेसिया जोहोर बारु देसा चेम्बरल्याङमा एक नेपाली को मृत्यु भएको छ । चेमरलाङ्ग स्थित ” सिईडी सिस्टम”मा कार्यरत महोत्तरी गौशला घार भएका अन्दाजी २७ बर्षिय बिजय पासवान को मृत्यु भएको हो ।

गत ४ बर्ष अघि मलेसिया आएका बिजय केही दिन अगाडि देखि जोरो आइरहेको बताइरहेका थिए । आज बिहानै जोरो आयो, टाउको दुखो, छाती दुख्यो भन्दै होस्टेलको साथीलाई भनेका थिए। होस्टेल कै साथी रोशनका अनुसार उनी हिजो बेलुकी खाना खाएर सङ्गै सुतेका थिए।

बिहान त्यस्तो भए पछि उनलाई साथीहरुले स्थानीय एक क्लिनिक पुराएका थिए। डाक्टर ले स्लेन उपचार सुरु गरेका थिए । यद्यपि उनको केही बेरपछि उनलाई डाक्टरले मृत घोषणा गरेका थिए। उनको मृत्यु सम्बन्धमा मलेसियन प्रहरीहरले अनुसन्धान गरि रहेको बताएको छ ।

के कारण ले मृत्यु भएको हो रिपोर्ट आउन बाकी छ। शबलाई पोस्ट मार्टम पछि थाह हुने कुरा डाक्टर ले बताए।