अध्यक्षलाई अधिकार थप्दै ओली पक्ष केन्द्रीय कमिटी बैठक सम्पन्न

everest kitchen

 

काठमाडौं । सत्तारूढ नेकपा एमाले ओली समुहको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष तथा दलको नेता केपी शर्मा ओलीलाई अधिकार थपेको छ ।

शनिबार बालुवाटारमा बसेको केन्द्रीय केन्द्रीय समिति बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हटाउने राख्ने या हेरफेर गर्ने अधिकार पार्टी अध्यक्षलाई प्रत्यायोजन गर्ने निर्णय गरेको हो ।

त्यस्तै, अध्यक्षलाई पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरु हटाउने, मनोनयन तथा कारबाही गर्ने अधिकार प्रत्यायोजन गरिएको छ। संसदीय दलको उपनेता चयनको अधिकार पनि संसदीय दलको नेतालाई दिइएको छ ।

अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै कामका लागि पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय भएको छ ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल- माधवकुमार नेपाल समुहका नेता तथा उपाध्यक्ष वामदेव गौतम बहिष्कार गरेका छन् । खनाल र नेपालले फागुन २८ गतेको केन्द्रीय कमिटी विस्तार लगायतका फेरबदल परिमार्जन नगरिएसम्म अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा नजाने अडान लिएको छ ।