भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिदा एकको निधन

everest kitchen

 

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चितापोलमा टिपरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । सोलुखुम्बु घर भई काठमाडौं, हात्तिगौंडा बस्ने ५९ वर्षीया सीताकुमारी कार्कीको मृत्यु भएको हो ।

बा ४ ख ९८१० नम्बरको टिपरले मे ८ प ८३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेकी उनी दुर्घटनामा गम्भीर घाइते भएकी थिइन् । उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक मृतक सीताका छोरा प्रकाश कार्कीलाई भने केही नभएको बताएको छ । टिपर चालक सिन्धुपाल्चोकका सुनिल तामाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।