प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ- कांग्रेसका नेता सिंह

everest kitchen

काठमाडौं। ]नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन्।आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) परित्याग गरेका कार्यकर्तालाई नेपाली कांग्रेस पार्टीमा प्रवेश गराउँदै नेता सिंहले यस्तो बताएका हुन्।

सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउदै प्रधानमन्त्री ओलीले न्युनतम नैतिकतासमेत नदेखाएको उनको भनाई छ।

माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको तथा जनता समाजवादी पार्टीले सरकारको राजीनामा माग नगरेको परिस्थिति भए पनि राजनीतिको मुल्यमान्यताको ख्याल गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए।