वाईसीएल नेपालको एक सय ६५ जना केन्द्रीय सदस्य

everest kitchen

काठमाडौं । नेकपा माओवादी केन्द्रको योङ कम्युनिस्ट लिग (वाईसीएल) को १६१ जना केन्द्रीय कमिटी गठन गरेको छ । चैत ४ र ५ गते काठमाडौंमा बसेको वाईसीएलको केन्द्रयि समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै, बैठकले देशभर १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको छ । हरेक निर्वाचन क्षेत्रमा १ हजार जनाको दरले १६५ निर्वाचन क्षेत्रमा चैतभित्रमा सदस्यता विस्तार गर्ने निर्णय गरेको हो । त्यस्तै वाईसीएलले ०७८ साल जेठ २८–३० गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय पनि गरेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए ।

राष्ट्रिय भेलाका लागि स्थानीय तह, जिल्ला तथा प्रदेश भेलाहरुबाट प्रतिनिधि छनोट गरिने पनि वाईसीएलले जनाएको छ ।