स्पेनमा “अन्तर्राष्ट्रिय नेपाली समाज राष्ट्रिय कार्यसमिति” गठन

everest kitchen

स्पेन । अन्तर्राष्ट्रिय नेपाली समाजले बिहिवार एक भर्चुअल कार्यक्रम गर्दै विगत १८ बर्षदेखि स्पेनमा तुलसी घिमिरेको नेतृत्वमा स्पेनको राष्ट्रिय कार्यसमिति गठन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा तारानाथ डल्लाकोटी र उपाध्यक्षहरुमा चन्दाकुमारी खड्का ढकाल र विनोद प्रसाद गौतम चयन भएका छन ।

महासचिवमा प्रभाकर केसी ‘दर्पण’, सचिवहरुमा रवि पुडासैनी, सुभद्रा खड्का विष्ट र सह-सचिवमा सुनिल थापा चयन भएका छन । समितिको कोषाध्यक्षमा महन्त महर्जन, सह-कोशाध्यक्षमा सुरजकुमार न्यौपाने र प्रवक्तामा शेखर श्रेष्ठ चयन भएका छन भने सदस्यहरुमा पदम राज पाठक ‘राज पहाडी’, सन्तोष राज विष्ट, इश्वर अधिकारी, शिव उपाध्याय, सबिन बानिया, सुजाता बस्नेत, ईशा खनिया, सुरेश लामा रहेका छन ।

नवगठित कार्यसमितिले विष्णु रिजाल, सन्त बहादुर क्षेत्री र पेशल कोईरालालाई सल्लाहकारको रुपमा चयन गरको छ । कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेले समाजका उदेश्य तथा औचित्य बारे प्रस्ट्याउदै सबैसँग सहकार्य गर्दै संसारभरका नेपालीको हित र विकासमा काम गर्न संस्थाको स्थापना गरिएको बताएका थिए ।

त्यसैगरी समाजकी महिला समिति अध्यक्ष डा. रेणुका सोलुले नेपाल र नेपालीको हित र विकासको लागि जो जहाँ छौं त्यहिँबाट योगदान गरौं भन्दै समाजले सहि बाटो समातेर अघि बढेकोमा खुसी समेत गरेकी थिईन ।