रंगशालालाई आर्थिक सहयोग जुटाउन मेची-महाकाली अभियान धुर्मुसको टोली

everest kitchen

चितवन । चितवनको भरतपुरमा धुर्मस-सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची-महाकाली अभियान सुरु गरिने भएको छ । आर्थिक समस्या पर्दै गएपछि अभियान सुरु गर्न लागिएको फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल “धुर्मुस”ले जानकारी दिएका हुन ।

अभियानमा सहभागी हुने टोलीलाई सोमबार विहान रंगशालामा काम गर्ने मजदुरहरुले टीका, मालासहित ४ हजार ४०५ रुपैयाँ सहयोग गरेर बिदाइ गरेका छन् । चैत्र १० गते पश्चिमको कन्चनपुरबाट अभियानको शुभारम्भ गर्न लागिएको फाउण्डेशनका अध्यक्ष धुर्मसले जानकारी दिए ।

टोलीमा कलाकार कट्टेलसहित अर्जुन घिमिरे ‘पाँडे’, सामाजिक अभियन्ता अजुर्न भुसाललगायत रहेने बताएको छ । महाकालीबाट सुरु गर्न लागिएको अभियान कन्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनसम्म आउने छ भने त्यसपछि पूर्व मेची तिर अभियान चल्नेछ छ ।