सुनको भाउ घट्यो

everest kitchen

 

काठमाडौं । सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेको छ । सोमबार ८७ हजार रुपैयाँ प्रति तोलामा कारोबार भएको छापावल सुनको भाउ आजका लागि ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यस्तै तेजावी सुनको भाउ ८६ हजार २५० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२५० रुपैयाँमा कारोबार भइरहेको छ ।