कांग्रेशले सरकारको नेतृत्व लिने वातावरण बनि सकेको छैन : देउवा

everest kitchen

विराटनगर। नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवाले अहिले नै कांग्रेशले सरकारको नेतृत्व लिने वातावरण बनिनसकेको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै देउवाले नयाँ सरकार बन्ने वातावरण बनिनसकेको र तत्काल प्रधानमन्त्री केपी ओलीविरुद्ध कांग्रेशले अविश्वासको प्रस्तावसमेत नल्याउने बताए ।

कांग्रेस नेता अशोक कोइरालाको श्रद्धाञ्जलीसभामा सहभागी हुन र धरानमा आयोजना हुने पार्टी कार्यक्रममा सहभागी हुन देउवा मोरङ आएका हुन् ।