क्वारेन्टिन र आइसोलेसनहरू तयारी अवस्थामा राख्नु

everest kitchen

 

काठमाडौं । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसनहरू तयारी अवस्थामा राख्न परिपत्र गरेको छ। विश्वभरि विषेशगरी छिमकी देशहरुमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि बढ्न सक्ने भन्दै मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो ।

स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेको भन्ने सूचना जारी गरेसँगै ७७ जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसनहरू तयारी अवस्थामा राख्न, नाकाबाट प्रवेश गर्नेहरूको पनि विवरण संकलन गर्न र नेपाल प्रवेश गर्नुअघि स्वास्थ्य परीक्षण गराउन परिपत्र गरिसकेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिएका छन् ।