भूकम्पले भत्किएको चेपाङ बस्तीमा रहेको विद्यालयको पक्की भवन

everest kitchen

हेटौंडा । मकवानपुरको दुर्गम चेपाङ बस्तीमा भूकम्पका कारण भत्किएको एक विद्यालयले नयाँ पक्की भवन निर्माण सम्पन्न भएको छ ।

राक्सिराङ गाउँपालिका – ७ काम्लेमा भूकम्पले क्षतिग्रस्त बनेको टिकेढुंगा प्राथमिक विद्यालयको भवन लिसा हिमालया इभी जर्मनी र दिगो विकासका लागि एकता संस्थाले पुनर्निर्माण गरेका हुन ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको उक्त विद्यालयको पुननिर्मित २ कोठे शौचालय र ५ कोठे विद्यालय भवन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर चेपाङलाई लिसा हिमालया इभी जर्मनीका अध्यक्ष डानिला झारिङ र दिगो विकासका लागि एकता नेपालका अध्यक्ष अच्युतप्रसाद पौडेलले एक समारोहका बीच संयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।

संस्थाका अनुसार भवन निर्माणमा ९५ लाख ७० हजार २०६ रुपियाँ लागतमा रकम खर्च भएको बताएको छ । भवनसँगै आवश्यक डेस्क बेन्च, सेतोपाटी, बुक कर्नर य्राक, बाल विकास केन्द्रका लागि बालमैत्री सामग्रीहरु लगायत संस्थाले उपलब्ध गराएको राक्सिराङ गाउँपालिका -७ का वडाध्यक्ष कुलबहादुर चेपाङले बताए ।