जर्मनीद्वारा नेपाललाई १० मिलियन युरो अनुदान

everest kitchen

काठमाडौं । जर्मनीले नेपालको ग्रिन रिकभरी र समावेशी विकासका लागि १० मिलियन युरो अनुदान दिने भएको छ । यससम्बन्धी सम्झातौमा अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरबीच सम्झौता भएको हो ।

सहयोगले नेपालमा नीति र सार्वजनिक क्षेत्रलाई ग्रिड जोडिएको सोलार फार्म विस्तार गर्न, सोलार इरिगेसन विस्तार गर्न र अन्य गतिविधि विस्तार गर्न सहयोग गर्ने भएकोछ । सहयोग नेपालको ग्रामीण भेगमा केन्द्रित हुनेछ ।

नेपाललाई आर्थिक चुनौतीपूर्ण रहेको अवस्थामा ऐक्यवद्धता जनाएको जर्मनीका राजदूत सेइफेरले भनेका छन् ।