नयाँ प्रपञ्च गरिरहेको ओली सरकारलाई विदा गर्न ढिला गर्नु प्रतिपक्षको धर्म अनुकुल भएन : भट्टराई

everest kitchen

 

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ओली सरकारलाई विदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकुल नभएको बताएका छन् ।

नेता भट्टराईले बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने,कुनैपनि बेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने बताउँदै असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएको ओली सरकारलाई विदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकुल नभएको बताएका हुन् ।

‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने,कुनैपनि बेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने हो।’ भट्टराईले बिहीबार ट्वीट गर्दै भने, ‘अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुनःनयाँ प्रपञ्च गरिरहेको ओली सरकारलाई विदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकुल भएन है !’