वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूद्धारा सहकारी सञ्चालन

everest kitchen

समीर मल्ल

धनगढी । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूले धनगढीमा एक सहकारी सञ्चालनमा ल्याएका छन् । रोजगारीको लागि कोरिया पुगेर फर्किएका युवाहरू परिश्रमी बहुउद्देश्यीय सहकारी सञ्चालनमा ल्याएका हुन ।

बुधबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश कृषि,ब्यवस्था तथा सहकारी मन्त्रालयका रजिस्ट्रार गोकुल बोहराले सहकारीको उद्घाटन गरेका हुन् ।

कोरियामा सिकेको सीप र कमाईलाई स्वदेशमै सदुपयोग गर्ने लक्ष्यसहित युवाहरूको समुह बनाई सहकारी खोलिएको सहकारीका अध्यक्ष धर्मराज जोशीले बताए । उनका अनुसार पहिलो चरणमा कोरियामा काम गरेका २ हजार युवालाई १ लाख रकमका दरले शेयर दिएर २० करोड रकम निक्षेप गर्ने सहकारीको योजना रहेको छ ।

उत्त सन्चय रकमबाट कोरियाबाट फर्केका युवालाई सहुलियतमा ऋण प्रदान गरि युवाहरूले उत्पादन गरेको बस्तुलाई सहकारीले खरिद गरेर बजारसम्म पुर्याउने र उनिहरुलाई ब्यवसायमा सक्षम बनाउने सहकारीको योजना रहेको उनले बताए।

उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य संघ कैलालीका सचिव सिद्धराज पनेरु, कैलाली सहकारी संघका पुर्व अध्यक्ष बिश्व पौडेल, विभिन्न सहकारीका प्रतिनिधि लगायत कोरियाबाट फर्किएका युवाहरूको सहभागीता रहेको थियो ।