राजर्षि जनक प्रतिभा पुरस्कार गजलगो राणालाई

everest kitchen

 

जनकपुरधाम। यस वर्षको राजर्षि जनक प्रतिभा पुरस्कार गजलगो कृष्णजङ्ग राणालाई प्रदान गरिने घोषणा गरिएको छ । नेपाल राष्ट्रिय हिन्दी सम्मेलन समितिको बिहीबार जनकपुरधाममा बसेको बैठकले सो निर्णय गरेको हो ।

नेपालगञ्ज घर हुनुभएका ९० वर्षीय राणाको हिन्दी भाषामा ११ पुस्तक प्रकाशित छन् । पुरस्कारमा रू ५५ हजार ५५५ र कदरपत्र रहने नेपाल हिन्दी राष्ट्रिय सम्मेलनका अध्यक्ष राजेश्वर नेपालीले बताउनुभयो । यही चैत २१ र २२ गते जनकपुरधाममा हुने १९ औंँ सम्मेलनमा सो पुरस्कार प्रदान गरिने बताइएको छ ।