नेपाल-खनालपक्षीय केन्द्रीय सदस्यहरूको बैठक जारी;दलको बैठकमा जाने वा नजानेबारे पनि छलफल

everest kitchen

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूको बैठक शुरू भएको छ । कलंकीस्थित मेगा पार्टी प्यालेसमा केहीबेरअघि बैठक शुरू भएको हो ।

केन्द्रीय सदस्यहरूबीचको छलफलबाट एमालेको केन्द्रीय र स्थायी कमिटी बैठक बोलाउन माग गर्ने, स्पष्टीकरण र त्यस्मा चार नेताले दिएको जवाफलगायतका विषयमा धारणा बनाउने बताइएको छ । बैठकमा ४५ जनाजति केन्द्रीय सदस्य सहभागी छन् । धेरै सदस्य उपत्यकाबाहिर रहेकाले उपस्थित कम भएको सो पक्षको दाबी छ ।

आजै ३ बजे अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा एमाले संसदीय दलको बैठक बोलाएका छन् । त्योभन्दा अघि बोलाइएको माधव पक्षधरको केन्द्रीय सदस्यहरूको बैठकमा दलको बैठकमा जाने वा नजानेबारे पनि छलफल हुने बताएको छ।