ओलीले बोलाएको संसदीय दलको बैठकमा जाने,’नोट अफ डिसेन्ट’ राख्ने अनि फर्कने : पाण्डे

everest kitchen

 

नेकपा एमालेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेको छ।

कलंकीमा शुक्रबार बसेको उक्त समूहको बैठकले संसदीय दलको बैठकमा सहभागी भएर आफ्ना कुरा राख्ने निर्णय गरेको नेता सुरेन्द पाण्डेले जानकारी दिए।

‘बैठकमा जाने आफ्ना कुरा राख्ने, ‘नोट अफ डिसेन्ट’ राख्ने अनि फर्कने,’ कलंकीमा आज बसेको खनाल-नेपाल पक्षको भेलापछि नेता पाण्डेले पत्रकारहरूसँग भने।