डढेलोको कारण वायु प्रदुषण भएपछि घरबाहिर ननिस्कन अनुरोध

everest kitchen

सविन कु लोप्चन
मकवानपुर । डढेलोको कारण वायु प्रदुषण भएपछि घरबाहिर ननिस्कन अनुरोध मकवानपुरको राक्सिराङ गाउँपालिकाले सर्वसाधारणमा अनुरोध गरेको छ । केही दिनदेखि डढेलोको कारण वायु प्रदुषण बढेपछि गाउँपालिकाले एक सुचना जारी गर्दै स्थानीयहरुलाई सजक बनाएको हो ।

विगत केहीदिन देखिको डढेलोका कारण वायु निकै नै प्रदुषण र खतरा युक्त भएकाले अनावश्यक रूपले घरबाट बाहिर ननिस्कनुहुन अनुरोध छ। वायु खतरापूर्ण रहेको अवस्थामा विशेषगरी वृद्धवृद्धा र बालबालिकामा बढी जोखिम रहने भएकाले विशेष सतर्कता अपनाउनुहुन अनुरोध छ। घर बाहिर निस्कनुपरे मास्क र चस्माको अनिवार्य प्रयोग गर्नुहोला, सुचनामा भनिएको छ।

तिव्र रुपमा फैलँदै गरेको डढेलो नियन्त्रणमा सबैले आआफ्नो तर्फबाट सक्दो सहयोग गरौं, जंगल नजिकका बस्तीहरूमा बसोबास गर्नेहरूले उच्च सतर्कता अपनाऔं, गाईवस्तुहरु चरणका लागि जंगलमा नलग्न समेत भनिएको छ ।

केही दिनदेखि काठमाडौं उपत्यकामा पनि प्रदुषण बढेको छ । देशका विभिन्न स्थानमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।