पत्रकार महासङ्घ युरोपको अध्यक्षमा परियार

everest kitchen

 

युरोप। नेपाल पत्रकार महासङ्घ युरोप शाखाको अध्यक्षमा प्रेमबहादुर परियार सर्वसम्मत रूपले चयन भएका छन । शाखाको चौथो अधिवेशन सम्पन्न भएको एक महिनापछि मात्र निर्वाचन गर्नुपर्ने केन्द्रीय कार्यसमितिको नीति अनुसार शुक्रबार निर्वाचनको तालिका तोकिएको थियो । शाखामा ५९ साधारण सदस्य रहेका छन् ।

निर्वाचनले कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा केजिन राई र महेशकुमार खाती, उपाध्यक्षमा राजकुमार थापा, रविचन्द्र भट्टराई, प्रेमचन्द्र पोमु, वाइबी गुरुङ, दिल निशानी मगर, जङ्गम खड्का र दीपेन्द्र गजुरेल, महासचिवमा द्रोण रिजाल, सचिवमा म्हेन्दो वाइवा, शेरबहादुर परियार, सरला कट्टेल, कलश खरेल र कमल पराजुली तथा कोषाध्यक्षमा इन्दिरा चाम्लिङ रहेका छन ।

यसैगरी सदस्यमा वीरमान घर्ती, युवराज फुँयाल, दिनेश गौतम, गोमा खरेल, नीराजन श्रेष्ठ, कृष्ण तिवारी, शान्ति अर्याल अधिकारी, अनिल पौडेल, भेषबहादुर सन्जु काउचा, रमेशराज बाँस्तोला, ल्हाक्पा तेन्जी शेर्पा र किशोर लिम्बु रहेका छन् । शाखाको संरक्षकमा पुष्प बरुवाल, पञ्चम अधिकारी र राजकुमार दिक्पाल चयन भएका छन् ।

नयाँ कार्यसमिति गठनका लागि नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिका सदस्य राजेश चाम्लिङ राईको संयोजकत्वमा डा उदयदेव आचार्य सदस्यसचिव रहेको निर्वाचन समिति गठन गरिएको थियो ।