झापामा लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

everest kitchen

 

झापा। भद्रपुर नगरपालिका १० भृकुटी चौकबाट लागूऔषध ब्राउन सुगर कारोबार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आईतबार दिउँसो साढे २ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले किनबेच गर्न लागेको अबस्थामा १६ ग्राम ९३० मिली ग्राम लागूऔषध ब्राउन सुगर सहित सोही स्थान बस्ने ३९ वर्षीय माईक मर्डि र कचनकवल ६ बस्ने २१ वर्षीय रोशन मगरलाई पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।